शिक्षा विकास तथा समन्वय इकाइ , दोलखा

शिक्षा विकास तथा समन्वय इकाइ, दोलखा 

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४ चैत्र २७ गतेको निर्णयानुसार साविकको जिल्ला शिक्षा कार्यालयलाई जिल्ला प्रशासन कार्यालय अन्तरगत शिक्षा विकास तथा समन्वय इकाईको संगठन संरचना स्वीकृत गरी स्थापना भएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को पुनः मिति २०७५ पुस ९ गतेको निर्णयनुसार इकाईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तरगत नै रहने गरी स्वीकृत भए अनुसार हाल जिल्लास्तरमा सङ्घीय कार्यालयको रुपमा रही विद्यालय शिक्षा सम्बन्धी विविध कार्य सम्पादन गर्दै आएको छ ।

 

शिक्षा विकास तथा समन्वय इकाइ, दोलखामार्फत सम्पादन हुने मुख्य कार्यहरु :

१. नेपाल सरकार , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र : स्वीकृत वार्षिक वजेट तथा कार्यक्रममा समावेश भएका जिल्लास्तरीय शैक्षिक कार्यक्रम कार्यान्वयन तथा स्थानीय तह र विद्यालयहरुका लागि शैक्षिक कार्यक्रम कार्यान्वयनमा समन्वय र प्राविधिक सहयोगका साथै जिल्लाको शैक्षिक अभिलेख तथा तथ्याङ्क सम्प्रेसन र प्राप्त निर्देशन, परिपत्रका आधारमा अन्य कार्य सम्पादन ।

२. शिक्षक सेवा आयोग : आन्तरिक तथा खुला विज्ञापानमार्फत शिक्षक पदपूर्ति सम्बन्धी परीक्षा व्यवस्थापन,  स्थायी शिक्षक नियुक्ति, पदस्थापना, सरुवा , बढुवाअभिलेख व्यवस्थापन र सम्प्रेशन ।

३. राष्ट्रिय कितावखाना (शिक्षक) : स्थायी शिक्षकको राजीनामा स्वीकृत तथा अनिवार्य अवकाश र तत्पश्चात प्रदान गरिने औषधी उपचार तथा सञ्चित विरामी विदा वापत पाउने सुविधाका लागि सिफारिस तथा निकासा ।

४. राष्ट्रिय परीक्षा वोर्ड (प.नि.का.) :  कक्षा ९ र १० को रजिष्ट्रेशन, एसइइ,  कक्षा ११ र १२ को परीक्षा व्यवस्थापन , सञ्चालन , उत्तरपुस्तिका परीक्षण र अनुगमन ।

५. पाठ्यक्रम विकास केन्द्र : पाठ्यक्रम विकास केन्द्रबाट परिवर्तन भएका पाठ्यक्रमलाइ विद्यालय तथा स्थानीय तह शिक्षा शाखासँग समन्वय गरी शिक्षकहरुका लागि पाठ्यक्रम अभिमुखीकरण र कार्यान्वयन सम्बन्धी तालिम सञ्चालन , सुपरिवेक्षण तथा अनुगमन ।

. शैक्षिक गुणस्तर परीक्षण केन्द्र : शैक्षिक गुणस्तर परीक्षण सम्बन्धी कार्यहरुमा समन्वय र सञ्चालन ।

. इभेन्ट परियोजना सम्बन्धी कार्य समन्वय र सहजीकरण ।

. प्रदेशस्तरको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय र शिक्षा तालिम केन्द्र : प्रदेशस्तरबाट प्राप्त कार्यक्रम सञ्चालन, समन्वय र सहजीकरण ।

. जिल्लाका ९ वटा स्थानीय तहसँग समन्वय गरी विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन , व्यवस्थापन तथा सहजीकरण ।

१०. जिल्लास्तरीय एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमार्फत शैक्षिक तथ्याङ्क तथा अभिलेख अद्यावधिक व्यवस्थापन ।

. साविक जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत विद्यालयमा वितरण भएका भौतिक सुविधा विस्तार अन्तरगतका कार्यक्रमहरु सम्पन्न गर्ने, गराउने तथा वेरुजु फछ्यौट

. जिल्ला शिक्षा समिति दोलखा, नेपाल शिक्षक महासंघ, दोलखा तथा विभिन्न गैसससँग समन्वय गरी जिल्लास्तरीय शैक्षिक कार्यक्रम सञ्चालन ।

. विद्यालय र स्थानीय तहसँग समन्वय गरी विषय शिक्षकहरुमार्फत टीम सुपरिवेक्षण तथा अनुगमन ।

हाल शिक्षा विकास तथा समन्वय इकाइ, दोलखाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षासँग तोकिएका विषय बाहेकका कार्यहरु शिक्षा ऐन (संशोधनसहित) २०२८, शिक्षा नियमावली (संशोधनसहित) २०५९ तथा शिक्षक सेवा आयोग नियमावली २०५७ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिए बमोजिम कार्यसम्पादनका साथै शिक्षासँग सम्न्धित कार्यक्रमहरुलाई विद्यालयसम्म प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारबीच समन्वय तथा सहकार्य गरी पुलको काम गर्दै आएको छ ।